धर्म/संस्कृति

    Showing 911-920 of 977 items.
  • इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान आजदेखि सुरु

    झापा / इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ।यो पर्वमा इस्लाम धर्मावलम्बीहरूले एक महिना भर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी नखाइ बस्ने चलन छ । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 126 पटक पढिएको
  • पाथीभराको दर्शन गर्न गएका एक तीर्थयात्रीको निधन

    ताप्लेजुङ / प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङमा रहेको पाथीभराको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका – ९ का ६० वर्षीय खिनबहादुर ढुङ्गाना रहेका छन् । आज (सोमबार) बिहान मन्दिरको परिक्रमा गर्ने क्रममा ढुङ्गाना अचानक बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 136 पटक पढिएको
  • आज फागु पूर्णिमा, हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

    झापा / काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ ।  हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाउने गरिन्छ । आजको दिन विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लास साथ मनाउने गरिन्छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । यद्यपि केही वर्ष यता यो पर्व सभ्य बन्न थालेको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो समय फागु पर्व सभ्य बन्दै गएको हो ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 138 पटक पढिएको
  • झापाको भद्रपुरमा बन्यो डेढ करोड लागतमा काली मन्दिर

     बिर्तामोड  / झापाको भद्रपुर नगरपालिका(१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिएका छन्।२०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए।  मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनु

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 315 पटक पढिएको
  • पशुपति क्षेत्रमा भगवान‍्को चित्र पेन्टिङ गर्न मन्त्री आलेको निर्देशन

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्।बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका  वाल पेन्टिङु गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए। उनले भने, ‘महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका  वाल पेन्टिङ गराएर सजाउनु होला।’यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 106 पटक पढिएको
  • स्वस्थानी व्रत आजबाट समापन

    झापा / स्वस्थानी व्रतकथा  आजबाट समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरूले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।परम्परादेखि नै श्री स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् । व्रत समापनमा सहभागी हुन साँखु र त्यस वरपरको क्षेत्रका बासिन्दालाई निम्तो गरिएको छ । बज्रयोगिनी माईलगायत साँख

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 129 पटक पढिएको
  • पशुपतिनाथ मन्दिर पनि दर्शनार्थीका लागि खुल्यो

    काठमाडौँ / कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेको छ ।काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । सिसिएमसिसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 133 पटक पढिएको
  • फागुन १ गतेदेखि मनकामना मन्दिर खुल्ला गरिने

    झापा / कोरोनाका कारण बन्द गरिएको  मनकामना मन्दिरको पूजा फागुन १ गतेदेखि नियमित हुने भएको छ । मनकामना दर्शन प्रालिले प्रशासनको सूचना अनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टाइनमा बस्ने र ५ दिन पछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 140 पटक पढिएको
  • बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

    काठमाडौँ / ललितपुरको सुनाकोठी स्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति  २० दिनपछि फेला परेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको जानकारी दिए ।मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो । 

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 135 पटक पढिएको
  • पशुपतिनाथ मन्दिर भक्तजनका लागि शुक्रबारदेखि खुला हुने

    काठमाडौं / कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषले एक सूचना जारी गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा नबढ्ने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खोल्न लागेको जनाएको हो ।सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ । कोरोना संक्रमण बढ्न

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.