झापा / इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ।

यो पर्वमा इस्लाम धर्मावलम्बीहरूले एक महिना भर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी नखाइ बस्ने चलन छ । 

OM Sai Pathibhara Hospital

उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । 

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।