झापा / कोरोनाका कारण बन्द गरिएको  मनकामना मन्दिरको पूजा फागुन १ गतेदेखि नियमित हुने भएको छ । मनकामना दर्शन प्रालिले प्रशासनको सूचना अनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ । 

OM Sai Pathibhara Hospital

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टाइनमा बस्ने र ५ दिन पछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने प्रशासनले भनेको छ ।  सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रशासनले निर्णय गरेको छ ।