ताप्लेजुङ / प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङमा रहेको पाथीभराको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका – ९ का ६० वर्षीय खिनबहादुर ढुङ्गाना रहेका छन् । 

OM Sai Pathibhara Hospital

आज (सोमबार) बिहान मन्दिरको परिक्रमा गर्ने क्रममा ढुङ्गाना अचानक बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । 

अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।