धर्म/संस्कृति

    Showing 831-840 of 977 items.
  • पाशुपत क्षेत्रमा अयुतचण्डी महायज्ञ गरिने

    काठमाडौं - आर्थिक समुन्नतिका लागि पहिलोपटक पाशुपत क्षेत्रमा अयुतचण्डी महायज्ञको आयोजना गरिने भएको छ। महामण्डलेश्वर प्रखर जी महाराजको सान्निध्य तथा मारवाडी सेवा समिति नेपालको आयोजनामा महायज्ञ आयोजना हुन लागेको हो।बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेका प्रखर जी महाराजको नेतृत्वमा महायज्ञ आयोजना हुन लागेको मारवाडी सेवा समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। समितिका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार अयुतचण्डी महायज्ञ एवं गणपति महायज्ञ २०८० वैशाख १० देखि २४ गतेसम्म पशुपति मन्दिर परिसर हंश मण्डप वनकालीमा हुनेछ।स्वात्मनिर्भ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 230 पटक पढिएको
  • आज चैते छठ पर्व

    काठमाडौं - जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने प्रचलन रहेकाे छ । चैते छठमा पनि कात्तिको छठमा झैं सबै विधि पूरा गर्नुपर्ने व्रतालुहरुले बताएका छन् ।जनकपुरधामका गंगासागर र अर्गजासरमा यस पर्व धुमधामका साथ मनाउने गरिन्छ । साेमबार सूर्य अस्ताउनु एक घण्टा अघिदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरी षठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ दिने गर्दछन् । साेमबार रातभर जाग्राम बसेर मंगलबार उदाउँदो सूर्यलाई अर्घ दि

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 128 पटक पढिएको
  • रमजान पर्व सुरु

    झापा - इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् ।रोजा बस्न उर्दू क्यालेण्डरअनुसार बिहान ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेटजाँदासम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 133 पटक पढिएको
  • श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने

    काठमाडौँ । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किरातीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दु धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताएका छन ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुवात नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई प

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 1,279 पटक पढिएको
  • तराई क्षेत्रमा आज होली पर्व मनाइँदै

    झापा । आज तराई क्षेत्रमा हर्षोल्लासका साथ होली मनाइँदै छ। तराईमा फागु पुर्णिमाको भोलिपल्ट होली मनाइन्छ, भने पहाडी र हिमाली क्षेत्रमा हिजै होली मनाइएको थियो। आज तराईका जिल्लामा सार्वजानिक बिदा छ। बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, झापा, मोरङलगायतका तराईका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइन्छ।तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाउँदै छन्। होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लि

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 591 पटक पढिएको
  • आज फागु पूर्णिमा २२ गते पहाडी र २३ गते तराइमा होली पर्ब मनाइँदै

    काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व  हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वका अवसरमा काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 299 पटक पढिएको
  • भारतबाट पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ

    झापा- महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहति पाँच सयदेखि आठ हराजसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।भारतलगतयक विभिन्न देशबाट शिवरात्रिमा पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थाले पराम्पराअनुसार बिदा गर्ने चलन रहेको छ । साधुसन्तको दक्षिणाका लागि आठ देखि १० लाख रुपियाँसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको पनि कोषले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 214 पटक पढिएको
  • महाशिवरात्रि पर्व मनाइदै, पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ला

    काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज शनिबार मनाइदै छ। महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा आरधना एवं दर्शनहरुको घुइचो लागेको छ।महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वर , झापाको अर्जुन्धारालगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने छ।दशनार्थीलाई व्यवस्थित दर्शन

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • 351 पटक पढिएको
  • महाशिवरात्रि मेलाको पशुपतिनाथमा तयारी पूरा

    काठमाडौं : पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन।भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपस

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 242 पटक पढिएको
  • अर्जुनधारा धाम परिसरमा निर्मित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिने

    झापा - झापाको अर्जुधारा नगरपालिका स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मित १०८ शिवलिङ्ग तथा माता पार्वती मन्दिरको प्राण प्रतिष्ठा एवं समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गरिने भएको छ ।  धामले शिवरात्री पर्वको अवसरमा फाल्गुन १ गते देखी ६ गतेसम्म भजन कृतनका साथै शिवलिङ्ग अनावरण गर्न लागिएको मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए । बिर्तामोड निवासी कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर शिवरात्री पर्वकै दिन धामलाई हस्तान्तरण गरिने धामका लेखा समिति संयोजक कृष्ण पौड्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 285 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.