FB_IMG_1676685366846 1काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज शनिबार मनाइदै छ। महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा आरधना एवं दर्शनहरुको घुइचो लागेको छ।

Screenshot_2023_0218_102551महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वर , झापाको अर्जुन्धारालगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। 

OM Sai Pathibhara Hospital


Screenshot_2023_0218_102616जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने छ।दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएका छन। पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ। पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ।

Screenshot_2023_0218_102429महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ। आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ।

Screenshot_2023_0218_102412महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

Screenshot_2023_0218_102351यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ। त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ। तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ।

Screenshot_2023_0218_102646 2हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन्। महाशिवरात्रिका अवसरमा भारतका गोवद्र्र्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यस पटक आएका छन।

शिव पूजा गर्दा के के कुरामा ध्यान दिनुपर्छ:

१) शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस्। यसको सट्टा, तपाईंले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान शिवको अभिषेकमा गल्तिले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।

२) बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।

३) भोलेनाथलाई कनेर र कमल बाहेक अरु फुल मन पर्दैन । भगवान शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।

४) शास्त्र अनुसार भगवान शिवको पूजामा सिन्दुर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।

५) भगवान विष्णुलाई शंख अति प्रिय छ तर भगवान शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।

६) भगवान शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन्।