झापा । आज तराई क्षेत्रमा हर्षोल्लासका साथ होली मनाइँदै छ। तराईमा फागु पुर्णिमाको भोलिपल्ट होली मनाइन्छ, भने पहाडी र हिमाली क्षेत्रमा हिजै होली मनाइएको थियो।Screenshot_2023_0307_082234

आज तराईका जिल्लामा सार्वजानिक बिदा छ। बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, झापा, मोरङलगायतका तराईका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइन्छ।FB_IMG_1678155946485

तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाउँदै छन्।Screenshot_2023_0307_081418

होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ।FB_IMG_1678157866340

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।