झापा- महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहति पाँच सयदेखि आठ हराजसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।

OM Sai Pathibhara Hospital

भारतलगतयक विभिन्न देशबाट शिवरात्रिमा पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थाले पराम्पराअनुसार बिदा गर्ने चलन रहेको छ । साधुसन्तको दक्षिणाका लागि आठ देखि १० लाख रुपियाँसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको पनि कोषले जनाएको छ ।