धर्म/संस्कृति

    Showing ७२१-७३० of ९७९ items.
  • एक महिने गुँला पर्व आजदेखि

    काठमाडौं— एक महिने लामो गुँला पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदा पारुबाट यो पर्व सुरु हुने गरेको छ।पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ। प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन्। काठमाडौ उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ।पर्वका क्रममा दैनिक बिहान बाजागाजा बजाई मठमन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन्। शाक्य बज

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४५३ पटक पढिएको
  • आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं— आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ।साउने सोमबार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन्।साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ। साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णप

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ३९९ पटक पढिएको
  • आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा, सार्वजनिक बिदा

    काठमाण्डौ ।  उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए।गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि द

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ६१२ पटक पढिएको
  • कोटीहोममा आजदेखि अनिरुद्धाचार्य महाराजले कथा भन्ने

    काठमाडौं–चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले आजदेखि पशुपतिमा जारी कोटिहोम महायज्ञमा कथावाचन गर्नेछन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्न लागेका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजका अनुसार अनिरुद्धाचार्य महाराजले आज पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको छ । भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतभर प्रवचनमा ख्याति कमाएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ५५८ पटक पढिएको
  • साउन १५ मा किन खिर खाने ?

    काठमाडौं–देशभर आज साउन १५ खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलनको सुरुवात भएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका र

    • प्रकाशित मितिः साउन १५, २०८१
    • ५९२ पटक पढिएको
  • साउने सोमबारको व्रत आजदेखि सुरु, पशुपतिमा भक्तजनको घुइँचो

    काठमाडौं–पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा  भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिनेछ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हज

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ५८६ पटक पढिएको
  • आज तुलसी रोप्ने दिन

    काठमाडौं— आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी। सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। बुधबार ३१।४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ।आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँ

    • प्रकाशित मितिः साउन २, २०८१
    • ५३८ पटक पढिएको
  • पशुपतिनाथमा साउन लक्षित तयारी, चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने

    काठमाडौं— पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दि

    • प्रकाशित मितिः साउन १, २०८१
    • ६७४ पटक पढिएको
  • आज लुतो फाल्ने दिन

    काठमाडौं : सौर्यमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिए

    • प्रकाशित मितिः साउन १, २०८१
    • ४४१ पटक पढिएको
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाण्डौ  ।   सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न

    • प्रकाशित मितिः साउन १, २०८१
    • ४८१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.