काठमाडौं— आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्।

OM Sai Pathibhara Hospital

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ।

साउने सोमबार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन्।

साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ। 

साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ।