ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा परम्परागत रोपाइँ जात्रा मनाइएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो ।धान रोपाइँ सकिएपछि असार महिनामा मनाइने यो जात्रा नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको छ । रोपाइँको झल्को दिने गरी विभिन्न सांस्कृतिक गतिविधि, भेषभूषा र रमाइलो प्रस्तुतिसहित जात्रा मनाइएको हो ।रोपाइँ जात्राले कृषि कर्म, विशेषगरी धान रोपाइँसँग जोडिएको नेपाली मौलिक परम्परा र संस्कृतिलाई जीवन्त राख्ने काम गर्दै आएको छ । जात्रामा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।ताप्लेजुङमा बसोबास गर्ने नेवार समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण
काठमाडौं— आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
काठमाडौं— आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार
काठमाडौं / इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो । मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक—अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई म
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ ‘मुस्ताङ टाइगर’ पनि आफ्ना चार घोडासहित मुक्तिनाथ पुगेका छन् । घरमै चढ्नका लागि मात्रै उनका सातवटा घोडा छन् । ‘यार्तुङ केवल रमाइलो गर्ने पर्व होइन, हाम्रो संस्कृति र परम्परासँग जोडिएको पर्व हो,’ गुरुङ भन्छन् ।स्थानीय भाषामा यार्तु
बाजुरा । सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो । बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ९आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन् । यस अघि डोटी, धनग
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा पसिना देखिएपछि मन्दिरमा विशेष पूजा गरिएको छ ।आरती चलिरहेका बेला मूर्तिमा पसिना देखिएको भन्दै मन्दिर व्यवस्थापन पक्षले तत्काल मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरेको हो ।मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार यसअघि पनि मुलुकमा ठूला प्राकृतिक विपत्ति तथा राजनीतिक संकटका बेला पलाञ्चोक भगवतीको मूर्तिमा यस्तै संकेत देखिएको विश्वास स्थानीयस्तरमा रहँदै आएको छ ।उनका अनुसार १९९० सालको भूकम्पदेखि २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहि
ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए । पछिल्लो समय भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गरको छ । पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यव
काठमाडौं / थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताउनुभयो । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हज
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.