धर्म/संस्कृति

    Showing 1-10 of 679 items.
  • अस्थायी रुपमा रोकियो भारत–बंगलादेश भिसा सेवा

    काठमाडौं—  बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 355 पटक पढिएको
  • बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

    काठमाडौं— भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 362 पटक पढिएको
  • ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

    काठमाडौं— भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 335 पटक पढिएको
  • राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आब्हान

    काठमाडौं— नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ ।प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई प्रतिष्ठानले आह्वान गरेको छ ।‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 324 पटक पढिएको
  • सप्तपाताल पोखरीका रक्षक पूर्ण बहादुर स्थापितको निधन

    ललितपुर— ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ।स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए। विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए। पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो।स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्यका एक हुन्। उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 364 पटक पढिएको
  • नेपालमा पनि तामझामका साथ मनाइँदै क्रिसमस

    काठमाडौं— क्रिसमस पर्व नजिकिँदै जाँदा यसको तयारीले पनि तीव्रता पाउन थालेको छ। पछिल्ला वर्षहरूमा नेपालमा समेत क्रिसमसलाई उत्साह र तामझामका साथ मनाउने चलन बढ्दो छ। यद्यपि क्रिसमस मुख्यतः इसाई धर्मावलम्बीहरूको पर्व हो, तर आजभोलि सबै समुदायका बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरू यस पर्वको रमाइलोमा सहभागी भएको देखिन्छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन विश्वभरका इसाई धर्मावलम्बीहरूले क्रिसमस मनाउने परम्परा रहेको छ। नेपालमा विशेषगरी काठमाडौँ उपत्यकामा क्रिसमस नजिकिँदै जाँदा बजार, चर्च र सार्वजनिक स्थानहरूमा यसको छुट्टै चहलपहल र रौनक देखिन थालेको छ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 389 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन् ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ

    ललितपुर— प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।उन

    • प्रकाशित मितिः पुस २, २०८२
    • 390 पटक पढिएको
  • एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।  सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण गरिएको जानकारी दिनुभयो । “पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 166 पटक पढिएको
  • उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी: तीन तले आवास जलेर नष्ट

    गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 383 पटक पढिएको
  • मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

    काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।  यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्व

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 198 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा