काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५८० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७० मा कारोबार भएको थियो ।
काठमाडौं/ आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो।करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्
काठमाडौं / नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा नयाँ क्रेडिट कार्ड लिने ग्राहकलाई आजीवन शुल्क नलाग्ने योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार आगामी २२ अगस्टसम्म आवेदन दिने नयाँ ग्राहकले कार्ड प्रयोग गरेसम्म ‘जोइनिङ फी’ र वार्षिक शुल्क तिर्नुपर्ने छैन। बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माका अनुसार नियमित आम्दानी भएका ग्राहकले यो सुविधा लिन सक्नेछन्। तलबी कर्मचारी, व्यवसायी तथा घरभाडालगायत नियमित आम्दानी भएका व्यक्तिले नबिल बैंकका शाखा वा एन बैंक डिजिटल प्लेटफर्ममार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।क्रेडिट कार्डका लागि नियमित आम्दानी पुष्टि ग
काठमाडौं / होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ ल्याउने तयारीलाई अघि बढाउन आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।त्यसैगरी, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ। साथै, आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुन
काठमाडौं / वितरणयोग्य मुनाफामा आएको उल्लेख्य गिरावटसँगै कृषि विकास बैंक लिमिटेडको लाभांश वितरण क्षमतामा दबाब परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता १७ दशमलव ९८ प्रतिशतबाट झरेर ६ दशमलव ५४ प्रतिशतमा सीमित भएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले आगामी लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको देखिएको छ।समीक्षा अवधिमा बैंकको खुद नाफा पनि २९ दशमलव ५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक
काठमाडौं / बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल अक्सन आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा अधिकतम आह्वान गरिएको ८५ अर्ब रुपैयाँसम
काठमाडौं / नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको जानकारी दिएको छ ।बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३ दशमलव ५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र कर्जा नोक्सानी व्यवस्था इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड र
काठमाडौं / नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं / काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । ‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको त
काठमाडौं / अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ ।वर्ल्ड गोल्ड काउन्सिल डब्लुजीसीले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ । काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ । यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ । हाल अन्र्तर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.