बजार

    Showing 61-70 of 465 items.
  • सिप्रिङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

    काठमाडौं / सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई उपलब्ध गराएको जानकारी अनुसार, बाढी र पहिरोले आयोजनाको हेडवक्र्स बाँध क्षेत्रका अधिकांश संरचनाहरूमा ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक जानकारी अनुसार आयोजनाको भौतिक संरचनामा क्षति पुगेकाले विद्युत उत्पादन तत्कालका लागि पूर्ण रूपमा रोक्नु परेको कम्पनीले जनाएको छ । आयोजनामा पुगेको क्षतिको विव

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 104 पटक पढिएको
  • सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम भइरहेको पनि उनले बताएका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनबाट सिँचाइ र कृषिलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता स्पष्ट भएको बताए।उनले भने, ‘स्थलगत निरीक्षण जाँदा लुम्बिनी, कर्णाली र सुदूर

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 152 पटक पढिएको
  • धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

    जनकपुर / धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं। ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए । उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 209 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँ बढी हो।अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपालमा सुन–चाँदीको मूल्य निर्धार

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 178 पटक पढिएको
  • प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

    काठमाडौं / प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो । कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ। यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो।अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको हो । ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।जसले एकपटकको फुलचार्जमा क्रमशः २ सय २५ किमी

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 245 पटक पढिएको
  • सेयर बजार सुधारमा प्रधानमन्त्रीको सक्रियता, लगानीकर्ताका माग कार्यान्वयन गर्ने प्रतिबद्धता

    काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।छलफलमा सहभागीहरूले लगा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 232 पटक पढिएको
  • सेयर बजारमा उत्साह फर्कियो, नेप्से एक महिनापछि २७ सयमाथि

    काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह थपिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २,७१९ अंक पुगेको छ। यससँगै बजारले करिब एक महिनापछि फेरि २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको हो।अघिल्लो कारोबार दिन पनि बजार ७९ अंकले बढेको थियो। त्यसैले लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। यो लगातार पाँचौँ दिनको वृद्धि समेत हो, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 236 पटक पढिएको
  • ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु

    काठमाडौं / चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो । छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ । जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए । ‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बरा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 177 पटक पढिएको
  • नयाँ साताको सुरुआतमै सुन–चाँदी महँगियो, सुन तोलामा १ हजार ९०० रुपैयाँले बढ्यो

    काठमाडौं। कारोबार हुने नयाँ साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ प्रतितोला एक हजार ९०० रुपैयाँले वृद्धि भई दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ।अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य फेरि नयाँ उचाइतर्फ उक्लिएको छ।चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ। शुक्रबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर आइतबार चाँदीको भाउ चार हजार २४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार २०० रु

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 72 पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं। नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।शुक्रबार सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले का अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार उक्त सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.