बजार

    Showing २९१-३०० of ५०१ items.
  • भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ६०९ पटक पढिएको
  • ‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए । उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए । उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ६६८ पटक पढिएको
  • कालीमाटी बजारमा दोलखाबाट आएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी विषादी भेटियो

    काठमाडौं – काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको दोलखाको रायोको सागमा अत्यधिक मात्रा विषादी भेटिएको छ।दोलखाबाट ईश्वर भारतीद्वारा ल्याइएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट समूहको विषादी पाइएको कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ।प्राविधिक मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएमा उक्त खाद्यपदार्थ पूर्ण रूपमा नष्ट गर्नुपर्ने प्रावधान छ। अर्गानोफस्फेट किरा मार्ने विषादीको रूपमा प्रयोग गरिन्छ र मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिकरूपमा भित्रिने तरकारी तथा फलफूलको नमुना

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ५१८ पटक पढिएको
  • २१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो ।आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्ल

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५७४ पटक पढिएको
  • विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ४३० पटक पढिएको
  • पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

    मुगु – जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ७९८ पटक पढिएको
  • ग्रिस पठाउने भन्दै २४ लाख ठगी गर्ने सुदीप सापकोटा पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको नेत्रावती गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २९ वर्षीय सुदीप सापकोटा हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा सापकोटाले आकर्षक तलबको प्रलोभन देखाएर ग्रिस पठाउने बहानामा ठगी गरेको खुलेको छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ४०७ पटक पढिएको
  • गौशालामा राजस्व संकलनको विषयमा दोहोरो झडप, १५ जना घाइते, साढे ७ लाख लुटिएको आरोप

    धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ६८३ पटक पढिएको
  • झापामा लागुऔषध कारोबार तीव्र, प्रहरीद्वारा ५५९ पक्राउ

    झापा — खुला सीमाका कारण लागुऔषधको ओसारपसार बढेपछि प्रहरीले झापामा कारोबारी र प्रयोगकर्ताविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाखभन्दा बढी क्याप्सुलसहितको गोदाम फेला परेपछि प्रहरीले यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष यो संख्या ४६२ थियो, जुन १६.५ प्रतिशतले वृद्धि भएको हो।इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार विर्तामोड नगरपालिका–५ मा अवस्थित मनकुमार

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५५६ पटक पढिएको
  • इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

    काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए । प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजिय

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ४३७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.