काठमाडौं — वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको नेत्रावती गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २९ वर्षीय सुदीप सापकोटा हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो।
पीडितको उजुरीका आधारमा सापकोटाले आकर्षक तलबको प्रलोभन देखाएर ग्रिस पठाउने बहानामा ठगी गरेको खुलेको छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।






































