आर्थिक

    Showing 421-430 of 4,291 items.
  • बजेट भाषण सुन्न प्रधानमन्त्री वालेन्द्र पनि पुगे सदन

    काठमाडौं— आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुन्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आज अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दैछन् ।प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाह अर्थमन्त्री डा. वाग्ले नजिकै पुगेर बसेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 364 पटक पढिएको
  • संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले (प्रत्यक्ष प्रसारण)

    काठमाण्डौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।रास्वपाको करिब दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको बजेटप्रति चौतर्फी चासो छ । मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्बको बजेट ल्याएका थियो । आयोगले यसपटक गत वर्षको भन्दा सीमा घटाएको हो ।तर, आयोगले तोकेको भन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 342 पटक पढिएको
  • मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 502 पटक पढिएको
  • अर्थमन्त्री बजेट बोकेर मन्त्रिपरिषद बैठकका लागि निस्किए

    काठमाडौं— आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् ।प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठकका लागि वाग्ले हालै अर्थ मन्त्रालयबाट निस्किएका हुन् ।मन्त्रिपरिषदको उक्त बैठकले अर्थमन्त्रीले पेश गरेको बजेटलाई अन्तिम रूप दिँदै पारित गर्नेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएलगत्तै अर्थमन्त्री वाग्ले सिधै संसद बैठकमा पुग्नेछन् ।संवैधानिक व्यवस्था अनुसार आज जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री वाग्लेले आज अपराह्न ४ बजे संघीय संसदको संय

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 424 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक सुरू, बजेट स्वीकृत गर्ने

    काठमाडौं— मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।      सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ ।संवैधानिक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 496 पटक पढिएको
  • राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

    काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरेका थिए भने पौड्यालको पक्षमा २ मत परेको थियो । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । जेठ १३ गते नवनिर्वाचित सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 405 पटक पढिएको
  • बजेट पारित गर्न दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 438 पटक पढिएको
  • कस्तो संयोग! जन्मदिनकै दिन बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्ले

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । संयोगले आज वाग्लेको जन्मदिन पनि परेको छ । १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत् अनुसार भने उनको जन्मदिन जेठ १६ (भोलि) हो ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 373 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज सुनको मूल्य प्रतितोलामा  पाँच हजार ६ सय रूपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 486 पटक पढिएको
  • राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

    काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा बाजी मारेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरे भने पौड्यालको पक्षमा केवल २ मत मात्र परेको थियो । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको रूपमा कार्यरत थिए । जेठ १३ गते सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयनका लागि यो निर्वाचन प्रक्रिया अघि बढाइए

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.