काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेर सुन तोलामा १ हजार ४०० र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो ।






































