काठमाडौं। स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। बोर्डका अनुसार लामो समयदेखि रोकिएको दाबी रकम र पेश्की फर्छ्यौट गर्दै सम्बन्धित स्वास्थ्य संस्थाको खातामा रकम पठाइएको हो।

यस भुक्तानीबाट गत आर्थिक वर्षका स्वीकृत सबै दाबी तथा चालु आर्थिक वर्षको मंसिरसम्मका दाबी रकम समेत भुक्तानी गरिएको बोर्डले जनाएको छ। सबैभन्दा बढी रकम भरतपुर अस्पताल ले प्राप्त गरेको छ। त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र वीर अस्पताल रहेका छन्।

बीमा बोर्डको यो निर्णयसँगै अस्पतालहरूको आर्थिक चाप कम हुने र बीमित नागरिकले पाउने स्वास्थ्य सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।