आर्थिक

    Showing 3,561-3,570 of 4,331 items.
  • भन्सार छली गरी भित्राएको करोडौ मूल्यको सामान बरामद

    बिर्तामोड / सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।मधेष प्रदेशको पर्सा जिल्ला स्थित सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो ।बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको स

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 126 पटक पढिएको
  • एक पटकमा २०० मेट्रिकटन मात्रै सुपारी आयात अनुमति

    काठमाडौँ / सरकारले सुपारी, केराउ, मरिच र छोकडा आयत खुल्ला गरेसँगै आयत सम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ । औद्योगिक प्रयोजनका लागि एक पटकमा दुई सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरीच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको हो । मन्त्रिपरिषदबाट माघ १० गते स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयत इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरीच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।राजपत्रमा औद्योगिक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 206 पटक पढिएको
  • चैत ९ गतेदेखि चितवनमा कृषि यान्त्रिक प्रदर्शनी

    चितवन /  चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।यस अघि प्रदर्शनी माघ ५ गतेदेखि ८ गतेसम्म हुने भनिए पनि कोभिड –१९ को नयाँ भेरियन्टका कारण स्थगित गरिएको थियो ।प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई/दुई वर्षमा गरिँदै

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 114 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य

    बिर्तामोड /  साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ५ सयले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 112 पटक पढिएको
  • आज विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौँ / आज (बिहीबार) नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन गलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ १९ पैसा रहेको

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 145 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि ,अहिलेसम्मकै उच्च अवस्थामा

    काठमाडौँ //पेट्रोलियम पदार्थको मूल्य  बढेको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसंगै पेट्रोलियम पदार्थको मूल्य  बढेको हो। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।पेट्रोलियम पदार्थको बिक्रीबाट

    • प्रकाशित मितिः चैत २, २०७८
    • 147 पटक पढिएको
  • जन्मदिनको अवसरमा पत्रकार काफ्लेद्वारा उपचार कोषलाई १० हजार सहयोग

    बिर्तामोड / साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन आज (बुधबार) प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्‍त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहेका काफ्लेले कोषका संयोजक सन्तोष आचार्यलाई १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहेका काफ्ले सङ्गठनका निवर्त

    • प्रकाशित मितिः चैत २, २०७८
    • 123 पटक पढिएको
  • सुनको मुल्य घट्यो

    बिर्तामोड / सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु. एक हजार २०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलवार प्रतितोला रु। एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले घटेर एक हजार ३७० मा आएको महासंघले जनाएको छ ।महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 116 पटक पढिएको
  • नेपालमा पहिलो पटक मृत्यु भएका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    तनहुँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा मृत्यु भएका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका –१६ स्थित हिमाली प्रा. वि. तनहुँको सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा अख्तियारले मृत्यु भएका व्यक्तिसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले साविक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घरसारको कागजातहरू बनाई गैरकानुनी रूपमा भोगचलन गर्ने, गराउने गरेको खुलेपछि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, प्रधान

    • प्रकाशित मितिः चैत १, २०७८
    • 184 पटक पढिएको
  • सुनको मूल्य एकैदिन १८ सयले घट्यो

    बिर्तामोड / साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०७८
    • 140 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.