काठमाडौँ / सरकारले सुपारी, केराउ, मरिच र छोकडा आयत खुल्ला गरेसँगै आयत सम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ । 

औद्योगिक प्रयोजनका लागि एक पटकमा दुई सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरीच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको हो । 

OM Sai Pathibhara Hospital

मन्त्रिपरिषदबाट माघ १० गते स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयत इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । 

केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरीच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

राजपत्रमा औद्योगिक प्रयोजनका लागि मात्र भनेर सुपारी, मरीच, केराउ र छोकडाको आयात खुलाएको सरकारले कार्यविधिमार्फत अन्य प्रयोजनका लागि पनि आयात खुलाउन सकिने व्यवस्था गरेको छ।

यस्ता वस्तुको आयातका लागि निवेदन दिने उद्योगहरूले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेश गर्नु पर्नेछ भने सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विवरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि वाणिज्य विभागमा पेश गर्नु पर्ने छ । 

यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य पनि खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।