चितवन /  चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने भएको छ । 

यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

यस अघि प्रदर्शनी माघ ५ गतेदेखि ८ गतेसम्म हुने भनिए पनि कोभिड –१९ को नयाँ भेरियन्टका कारण स्थगित गरिएको थियो ।

प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । 

उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई/दुई वर्षमा गरिँदै आएको छ । 

प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ । विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिइने उनले बताए ।