बिर्तामोड / साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन आज (बुधबार) प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।

साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्‍त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहेका काफ्लेले कोषका संयोजक सन्तोष आचार्यलाई १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहेका काफ्ले सङ्गठनका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनको अध्यक्षयकालमा कोषको स्थापना भएको थियो । 

चालु आर्थिक वर्षभित्र कोषमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको कोषका संयोजक आचार्यले बताए । उनले कोषलाई सहयोग गर्न सबै पत्रकारलाई आव्हान समेत गरेका छन् । 

चेक ग्रहण गर्दै संयोजक आचार्यले स्वास्थ्योपचारमा प्रेस चौतारीका सदस्यलाई पैसाको अभावका कारण समस्या आउन नदिने बताएका छन् ।