बिर्तामोड /  साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ५ सयले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।