बिर्तामोड / सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु. एक हजार २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलवार प्रतितोला रु। एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले घटेर एक हजार ३७० मा आएको महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ ।