काठमाडौँ / आज (बिहीबार) नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । 

यस्तै, युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन गलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ १९ पैसा रहेको छ ।  

जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा रहेको छ ।

यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६० पैसा र कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।