आर्थिक

    Showing 3,551-3,560 of 4,331 items.
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड/  बुधवारको तुलनामा आज बिहीबार सुनचाँदीको मूल्यमा बुद्धि भएको छ ।  हिजो ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 217 पटक पढिएको
  • रुस-युक्रेन युद्धको असर : चुलियो व्यापार घाटा

    बिर्तामोड / रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएसँगै नेपालमा हरेक महिना बढ्दो आयातका कारण व्यापार घाटा थप चुलिएको छ । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ३८ दशमलब ६४ प्रतिशतले आयात र ८२ दशमलब ९० प्रतिशतले निर्यात बढेपछि अर्थतन्त्र नै कम्जोर बन्दै व्यापार घाटा अकासिएको हो ।विदेशी मुद्रा सञ्चिति घटे पश्चात नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातमा कडाइ गरेपनि दिन प्रतिदिन आयात बढ्दै गएको छ भने निर्यात हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ बराबरको मालवस्त

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 116 पटक पढिएको
  • सुनको मूल्य तोलामा एक लाख तिन सय रुपैयाँ कायम

    काठमाडौं / नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा  ८ सय रुपैयाँले बढेर एक लाख तिन सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 104 पटक पढिएको
  • तस्करले नया तरिकाबाट नेपालमा सुन भित्र्याउदै

    झापा / नेपालमा सुन तस्करहरूले नयाँनयाँ तरिका अपनाएको खबर बाहिरिएको छ।सुनका विभिन्न गरगहना बनाएर ल्याउने गरेको साउदी, कतार, युएई, मलेसिया लगायतका देशबाट, मलद्वारमा लुकाएर ल्याउने लगायतका विभिन्न हत्खन्डा अपनाएर ल्याउने गरिएको समाचार सुनेकै हो ।तर अब सुन तस्करले जनावरलाई पनि प्रयोग गर्न थालेको आर्थिक राष्ट्रिय दैनिकमा समाचार आएको छ । उक्त समाचार अनुसार चीनबाट मनाङको नाका हुँदै ल्याइएका खसीलाई सुन खुवाएर ल्याएको पाइएको छ ।गत माघको दोस्रो सातामा प्रहरीले शङ्काको आधारमा काठमाडौं भित्रँदै गरेका १३ वटा खसी  ल्याउने व्यापारी तथा त्यस क्षेत्रमा कार्यरत भन्सारका केही कर्मचारीलाई समेत अघोषित नि

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 626 पटक पढिएको
  • आज १७ अंकले बढ्यो नेप्से

    काठमाडौँ  / शेयर बजार परिसूचक नेप्से आज (सोमबार) १७ अंकले बढेको छ । कारोबार घटेर सुरु भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम न्यून रहेपनि कारोबार भएका १३ मध्ये। ११ समूहमा सुधार आएको छ । जीवन बीमा समूह १६८ अंकले बढ्दा विकास बैंक समूह १३२ अंकले बढेको छ ।यस्तै, जलविद्युत समूह ८३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ५६ अंकले बढेको छ । यस्तै, आज होटल एण्ड टुरिजम समूह १३ अंकले र अन्य समूह ४२ अंकले घटेको

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 116 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि

    काठमाडौं / रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटबढ भइरहेको अवस्थामा बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तथ्यांकमा खुलेको छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार ३७५ कायम रहेको समेत महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 133 पटक पढिएको
  • १२ सय ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पञ्जाब घर भएका शुभम् मेहरा रहेका छन् । मेहरालाई महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । दुबईबाट नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाडौं आएका उनलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन फेला पारेकाे  हाे । 

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 133 पटक पढिएको
  • दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

    काठमाडौं / सेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन (आइतबार) दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अङ्कले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 112 पटक पढिएको
  • रुस – युक्रेन युद्धको असर : विद्युत प्राधिकरणलाई दैनिक करोडौँ घाटा

    बिर्तामोड / रुस – युक्रेन युद्धका कारण विद्युतको मूल्य बढेपछि नेपाललाई पनि ठूलो असर पर्ने देखिएको छ । भारतमा विद्युतको मूल्य आकासिएपछि नेपालले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने भएको हो ।भारतमा कोइलाको मूल्य बढेपछि विद्युतको मूल्य निरन्तर उकालो लाग्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । भारतले कोइलाको प्रयोगबाट ठूलो परिमाणमा विद्युत उत्पादन गर्ने गरेको छ ।युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा भारतमा विद्युतको मूल्य अकासिएको हो । केही महिना अघि पनि कोइलाको मूल्यकै कारण भारतले उर्जा संकट खेप्नु परेको थियो ।वर्षायाममा नेपालमा नै उत्पादित बिजुलीले मुलुकको माग धान्न थाल

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 204 पटक पढिएको
  • कर नतिर्न कानुनको सहारा , झण्डै एक खर्ब कर असुल भएन

    बिर्तामोड / उद्योगी तथा व्यापारी सरकारले तोकेको राजश्व तिर्न आनाकानी गर्दै मुद्धा मामिलामा जाँदा झण्डै एक खर्ब  राजश्व  मुलुकको ढुकुटीमा जम्मा हुन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।अर्थमन्त्रालयले बक्यौता कर असुलीका लागि छुट सुविधा सहित सार्वजनिक सूचना नै जारी गरेपछि यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले बक्यौता कर असुलीका लागि वैशाख १५ सम्मको समय दिएको छ ।मुद्दा मामिलामा गएका उद्योगी व्यापारी मुद्दा फिर्ता लिएर कर तिर्न आएमा लाग्ने जरिवाना र छुट सहितका सुविधा पाउने अर्थमन्त्रालयले जनाएको छ ।कर तिर्ने समयावधिका विषयमा आर्थिक ऐन २०७८ ले मंसिर मसान्त सम्मको समयावधि दिएको भएपन

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.