काठमाडौँ  / शेयर बजार परिसूचक नेप्से आज (सोमबार) १७ अंकले बढेको छ । कारोबार घटेर सुरु भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । 

दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । 

OM Sai Pathibhara Hospital

कारोबार रकम न्यून रहेपनि कारोबार भएका १३ मध्ये। ११ समूहमा सुधार आएको छ । जीवन बीमा समूह १६८ अंकले बढ्दा विकास बैंक समूह १३२ अंकले बढेको छ ।

यस्तै, जलविद्युत समूह ८३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ५६ अंकले बढेको छ । यस्तै, आज होटल एण्ड टुरिजम समूह १३ अंकले र अन्य समूह ४२ अंकले घटेको छ । 

बजार दोहोरो अंकले बढेको दिन इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मुल्य प्रतिकित्ता ५७१ अंक पुगेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको कम्पनीमा लगातार सकारात्मक सर्किट लागेको हो ।

आज नेप्सेमा नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको सेयर २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीको सेयर ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक हिजो आइतबार १४ अंकले घटेको थियो । त्यसक्रममा २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको थियो ।