काठमाडौं / रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटबढ भइरहेको अवस्थामा बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तथ्यांकमा खुलेको छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार ३७५ कायम रहेको समेत महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।