काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको पञ्जाब घर भएका शुभम् मेहरा रहेका छन् । मेहरालाई महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

दुबईबाट नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाडौं आएका उनलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन फेला पारेकाे  हाे ।