काठमाडौं / सेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन (आइतबार) दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक १४ दशमलव ६७ अङ्कले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । 

जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।