आर्थिक

    Showing 3,521-3,530 of 4,331 items.
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार निर्धारण गरिएको छ ।चाँदीको भाउ भने आज २१ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 116 पटक पढिएको
  • संकटमा अर्थतन्त्र : यी बस्तु माथि लाग्यो प्रतिबन्ध (सुचिसहित)

    बिर्तामोड / विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अत्तालिएको सरकार र राष्ट्र बैकले आयातमा कडाइ थालेका छन् । बस्तु आयातमा दैनिक झण्डै ६ अर्ब रुपैयाँ बाहिरिन थालेपछि राष्ट्र बैंकले बस्तुको आयात रोक्न ३०० भन्दा बढि बस्तुको आयात रोक्ने नीति ल्याएको हो ।राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर अति आवश्यक नरहेका ३०० भन्दा वढि बस्तुको आयात रोक्न निर्देशन दिएको हो । निर्देशन लगत्तै बैंक तथा वित्तिय संस्थाले पनि आफ्ना देशभर रहेका शाखालाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतीतपत्र (एलसी ) नखोल्न निर्देशन दिएका छन् ।यी वस्तुमाथि लाग्यो आयातमा प्रतिवन्ध खाद्य

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 255 पटक पढिएको
  • ‘राष्ट्र बैंकले रोकेको पैसा खुलाउन जाँदा दलालले ३ करोड घुस मागे’

    काठमाडौँ  / व्यवसायी पृथ्वी बहादुर शाहले राष्ट्र बैंकले रोका गरेको पैसा खुलाउन जाँदा दलालहरूले तीन करोड रुपैयाँ घुस मागेको बताएका छन् । शाहले बिहीबार पत्रकारसम्मेलन गर्दै सो कुरा बताएका हुन् । शाहले विभिन्न बैंकहरूमा ट्राभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले आफ्नो कम्पनीमा रकम पठाएको जनाएका छन् । उक्त रकम राष्ट्र बैंकले  रोक्का गरी छानबिन गरेको शाहकाे भनाइ छ । अमेरिकाबाट आएको रकम चर्चामा रहे जस्तो ४० करोड नभइ १४ करोड मात्र भएको शाहको दाबी छ ।राष्ट्र बैंकले रकम रोक्का गरिदिँदा कर्मचारीलाई तलब द

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 122 पटक पढिएको
  • राष्ट्र बैंकद्धारा ३ सय भन्दा बढी वस्तु आयातमा रोक

    बिर्तामाेड / राष्ट्र बैंकले अन्तराष्ट्रिय बजारबाट आयत हुने ३ सय भन्दा बढी बस्तुको आयतमा रोक लगाएको छ । अर्थतन्त्रमा केही समस्या आएको भन्दै बैंकले गाडी, सुन लगायत तीन सय भन्दा बढी वस्तुहरूको आयतमा रोक लगाएको हो । राष्ट्र बैंकले गाडी, सुनलगायत दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरूलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको छ।राष्ट्र बैंकले निर्देशन दिए लगतै बैङ्कहरूले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि प्रतितप

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 147 पटक पढिएको
  • ​​​​​​​कर छली गरेर ल्याइएका सात वटा बुलेट बाइक बरामद

    काठमाडौँ / उपत्यका विभिन्न ठाउँबाट प्रहरीले सात वटा बुलेट बाइक बरामद गरेको छ । भन्सार छलेर नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखेर कम मूल्यमा बिक्री गरेकाे पाइएपछि मोटरसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।कोइरालाका अनुसार भारतीय नाकाबाट कर छली गरेर ल्याइएका ५ लाख पर्ने मोटरसाइकललाई नक्कली नम्बर प्लेट राखेर २ लाखमा बिक्री गर्न खोजेपछि बरामद गरिएको हो । बरामद भएका करिब २१ लाख मूल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुलेट मोटरसाइकललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा ​पठाइएको महाशा

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 151 पटक पढिएको
  • इन्फिनिटीको ठगी धन्दा बढ्दै

    बिर्तामोड / अनलाइन नेटवर्किङ व्यवसायका नाममा इन्फिनिटी कम्पनीले  दुबईमा रहेका पच्चीस सय नेपालीहरूलाई  ठगी गरेको पाइएको छ । थोरै लगानी र छोटो समयमै राम्रो आम्दानी गर्न सकिने साथै अरुलाई पनि जोडे कमिसन पाउने प्रलोभन देखाउँदै इन्फिनिटीले  पच्चीस सय नेपालीलाई ठगी गरेको पाइएको हो । नेपाल, भारत र दुवइमा गरी ७० हजार भन्दा धेरै सदस्य रहेको इन्फिनिटीको कार्यलय भने थाइल्यान्ड र दुवइमा रहेको बताइएको छ ।यसले विभिन्न मुलुकका गोल्ड एन्ड डायमन्ड, रियल इस्टेट, शिक्षा, पर्यटन, रिटेल, स्वास्थ्य र फेसन सम्बन्धी कम्पनीमा लगानी गरेर व्यवसाय गर्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 121 पटक पढिएको
  • माओवादी नेताको खातामा आएको ४० करोड छुटाउन नियम तोड्दै अर्थमन्त्री

    बिर्तामाेड /  एक व्यापारीको नाममा आएको शंकास्पद रकम फुकुवा गर्न गैरकानुनी रुपमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र  बैकलाई निर्देशन दिएका छन् । अछामको बन्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा आएको ४० करोड रुपैयाँ राष्ट्र बैकले रोक्का गरेपछि अर्थमन्त्री जनार्दन शर्माले रकम फुकुवा गर्न राष्ट्र बैकलाई निर्देशन दिएका हुन् । अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले शाह र उनका परिवारको खातामा दुई महिना अघि शंकास्पद रुपमा आएको उक्त रकम जफत गरी अमेरिकालाई फिर्ता दिन भन्दै पत्राचार गरेको थियो । फिनसेनले पत्राचार गरेपछि राष्ट्र बैकले र ब

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 126 पटक पढिएको
  • संकटमा अर्थतन्त्र : करिव आधा खर्ब सुन र चाँदी आयातमा बाहिरीयो

    बिर्तामोड / चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो ।भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ । सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ । सामान्य अवस्थामा दैनिक २५ देख

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 170 पटक पढिएको
  • प्रदेश १ : अर्को ठूलो विध्युत आयोजना बन्ने

    काठमाडौँ / दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ । ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो ।जलविद्यु

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 146 पटक पढिएको
  • तीन करोड बढीको सियो आयात

    काठमाडौँ  / चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यका सियो नेपाल भित्रिएको हो । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ ।सो मूल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ । विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।नेपालले

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 129 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.