बिर्तामाेड / राष्ट्र बैंकले अन्तराष्ट्रिय बजारबाट आयत हुने ३ सय भन्दा बढी बस्तुको आयतमा रोक लगाएको छ ।

अर्थतन्त्रमा केही समस्या आएको भन्दै बैंकले गाडी, सुन लगायत तीन सय भन्दा बढी वस्तुहरूको आयतमा रोक लगाएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले गाडी, सुनलगायत दैनिक उपभोग हुने वस्तुको आयात रोक्न बैंकहरूलाई प्रतितपत्र नखोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले निर्देशन दिए लगतै बैङ्कहरूले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि प्रतितपत्र नखोल्ने भएका छन् । 

साथै ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीहरूको पनि आयात बन्द गरिएको छ ।