बिर्तामोड / विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अत्तालिएको सरकार र राष्ट्र बैकले आयातमा कडाइ थालेका छन् । बस्तु आयातमा दैनिक झण्डै ६ अर्ब रुपैयाँ बाहिरिन थालेपछि राष्ट्र बैंकले बस्तुको आयात रोक्न ३०० भन्दा बढि बस्तुको आयात रोक्ने नीति ल्याएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर अति आवश्यक नरहेका ३०० भन्दा वढि बस्तुको आयात रोक्न निर्देशन दिएको हो । निर्देशन लगत्तै बैंक तथा वित्तिय संस्थाले पनि आफ्ना देशभर रहेका शाखालाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतीतपत्र (एलसी ) नखोल्न निर्देशन दिएका छन् ।

OM Sai Pathibhara Hospital

यी वस्तुमाथि लाग्यो आयातमा प्रतिवन्ध 

खाद्य सामग्री : धान, चामल, चिनी, चकलेट, चिप्स, माछा, गँगटा, मासु, प्राकृतिक मह, बोटविवा, दुग्धजन्य पदार्थ, अण्डा, तरकारी तथा गेडागुडी, तरकारी, चिया, कफि, ल्वाङ, मिनरल वाटर, भिनेगर, सुपारी, छोकडा, मरिच, केरा, गाई बस्तुको दानामा रोक लगाएको छ । चालु वर्षको ८ महिनामा ३७ अर्बको चामल आयात भएको छ ।

स्वास्थ्य : अप्टिकल, मेडिकल तथा सर्जिकल उपकरणलगायतको आयात रोकिएको छ ।

मदिरा तथा सुर्तीजन्य : मदिरा, सुर्ति, चुरोट, गुट्खा, पानलगायतको आयात रोकिएको छ ।

कपडा तथा दैनिक प्रयोगका सामान : रेडिमेट कपडा, धागो, जुत्ता चप्पल, छाता, तन्ना, कुसन, कपडा बन्ने कुरुसलगायत

सवारी साधान : मोटरसाइकल, स्कुटर, विद्युतीय गाडी, साइकल, मोटरलगायत कुनै पनि सवारी साधन । सवारी साधनका पार्टपूर्जा, चालू वर्षको ८ महिनामा ७६ अर्बको गाडी र पार्ट आयात यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी हो ।

सुनचाँदी(गरगहना) : सुनचाँदी, हिरा, मोति, बहुमूल्य पत्थर । यो आर्थिक वर्षको ८ महिनामा २८ अर्ब १७ करोडको सुन र १२ करोड ८० अर्बको चाँदी आयात भएको छ । यसअघि नै यी यस्ता सामानको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शत प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । तर, आयात नघटेपछि यस्ता सामानको आयातका लागि एलसी नै नखोल्न आग्रह गरेका छन् ।

सौन्दर्य प्रसाधन : परफ्युम, स्याम्पू, क्रिम, पाउडर, बडी लोशन, लुगाधुने डिटर्जेन्ट पाउडर, लिक्विड वास, साबुनलगायत छन् ।

निर्माण तथा घरायसी सामग्री : काठका बस्तु तथा सामान, मार्बल, सिमेन्ट, प्लास्टर, सेरामिकका सामान, काठको कोइला, फर्निचर, चिम्नी भाँडो, जार, बोटल, चाँदीका भाडाकुँडा, खेलौना, खेलकुदका सामग्री, प्लास्टिक, प्लास्टिकका सामग्री, छाला र छालाजन्य सामग्री, कर्पोट तथा फ्लोर सजावटका अन्य सामग्री, भित्तेघडी, टेक्ने लौरो, बहुमूल्य धातुका सामान, एन्टिक सामान, विद्युतीय उपकरण नल्याउन आग्रह गरेका छन् ।