बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार निर्धारण गरिएको छ ।

OM Sai Pathibhara Hospital

चाँदीको भाउ भने आज २१ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।