काठमाडौँ / उपत्यका विभिन्न ठाउँबाट प्रहरीले सात वटा बुलेट बाइक बरामद गरेको छ । 

भन्सार छलेर नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखेर कम मूल्यमा बिक्री गरेकाे पाइएपछि मोटरसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

OM Sai Pathibhara Hospital

कोइरालाका अनुसार भारतीय नाकाबाट कर छली गरेर ल्याइएका ५ लाख पर्ने मोटरसाइकललाई नक्कली नम्बर प्लेट राखेर २ लाखमा बिक्री गर्न खोजेपछि बरामद गरिएको हो । 

बरामद भएका करिब २१ लाख मूल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुलेट मोटरसाइकललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा ​पठाइएको महाशाखाले जनाएको छ । 

सस्तोमा मोटरसाइकल बिक्री गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाइकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरूको  खोजी कार्य सुरु गरिएको कोइरालाले बताए ।