काठमाडौँ  / व्यवसायी पृथ्वी बहादुर शाहले राष्ट्र बैंकले रोका गरेको पैसा खुलाउन जाँदा दलालहरूले तीन करोड रुपैयाँ घुस मागेको बताएका छन् । शाहले बिहीबार पत्रकारसम्मेलन गर्दै सो कुरा बताएका हुन् । 

शाहले विभिन्न बैंकहरूमा ट्राभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले आफ्नो कम्पनीमा रकम पठाएको जनाएका छन् ।

OM Sai Pathibhara Hospital

उक्त रकम राष्ट्र बैंकले  रोक्का गरी छानबिन गरेको शाहकाे भनाइ छ । अमेरिकाबाट आएको रकम चर्चामा रहे जस्तो ४० करोड नभइ १४ करोड मात्र भएको शाहको दाबी छ ।

राष्ट्र बैंकले रकम रोक्का गरिदिँदा कर्मचारीलाई तलब दिन नसक्ने स्थिति सिर्जना भएको शाहले बताए । 

उनले आफूले साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा मानसिक तनाव भोग्नु परेको बताएका छन् ।