आर्थिक

    Showing 3,441-3,450 of 4,331 items.
  • बुधबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 100 पटक पढिएको
  • क्रेडिट कार्ड कारोबारमा कडाइ गर्दै राष्ट्र बैंक

    काठमाडौं / नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट कारोबार गर्दा कार्डको स्वीकृत सीमाको १० प्रतिशत मात्र नगद निस्कासन गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ लाई संशोधन गर्दै कार्डबाट हुने कारोबारमा कडाइ गरेको हो ।क्रेडिट कार्डमार्फत वलेटमा लोड गरिएको रकम वस्तु तथा सेवा विद्युतीय भुक्तानीका गर्दा मात्रै प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ ।विद्युतीय वलेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वलेटमा रकमान्तर गर्दा तथा अन्य वि

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 103 पटक पढिएको
  • बढ्यो तस्करी : मिलेमतोको आशङ्कामा प्रहरी नै शङ्काको घेराभित्र

    बिर्तामोड / अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थको मूल्य बढेपछि आयातमा कठिनाइ खेपीरहेको सरकारले धरापमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न विलासिताका वस्तु लगायतको एलसीमा मार्जिन लगाएको थियो । सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गर्दै मार्जिनको अनिवार्य व्यवस्था गरेपनि वजारमा ति विलासिता लगायतका वस्तुको अभाव नदेखिनु निकै नै शंकास्पद देखिएको छ । भन्सार विभागको तथ्यांक अध्ययन गर्दा मार्जिन अनिवार्य गरेपछि विभिन्न बस्तुको आयत घटेको देखिएपनि बजारमा भने वस्तुको अभाव नभएका कारण सिमा क्षेत्रमा त्यस्ता वस्तुको अवैध कारोबार बढ्दै गएको आकलन गर्न सकिन्छ । मार्जिन राखेर मात्

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 219 पटक पढिएको
  • बिहेले बढायो सुनको माग : आयातमा खुकुलो हुँदै सरकार

    काठमाडौँ / अर्थतन्त्र सुधारका लागि विलासी बस्तुको आयातमाथि कडाइ गरेपछि दुई महिना देखि आयात हुन नसकेको सुनको आयात फेरी पनि रोकिएको छ । मुस्लिम मुलुकबाट सुनको आयात गर्नुपर्ने भएपछि ती मुलुकमा इदका पर्वको महिना चलिरहेकाले गर्दा सुन आयात प्रभावित भएको हो । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने पर्व इद उल फित्रका कारण एक हप्तादेखि सुनको आयात रोकिएको छ । अघिल्लो साता सरकारले आयात कडाइ गरेका वस्तुको सूचीमा सुन नपरेपछि यसको आयातका लागि बाटो खुला भएको थियो । गत बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वस्तु बाहेक अन्यको आयातमा लचकता अपनाएपछि बैंकहरूले सुन आयातका लागि स्वीकृति ल

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 142 पटक पढिएको
  • मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

    काठमाडौं / धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ । दुई वर्षअघि नै लागू भइसकेको उक्त कार्यविधिको लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले विरोध गरेपछि पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबारका गर्न ब्रोकरकहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् । बैंकको भन्दा केही महँगो ब्याजदर तोकिएको सो सुविधा अल्पकालीन कारोबारका लागि सहज भए पनि दीर्घकालीन कारोबारका लागि भने महँगो हुने गरेको छ ।कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 131 पटक पढिएको
  • मंगलबार सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम

     काठमाडौँ / नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । मंगलबार पनि एक हजार २ सय ९० रुपैयाँ निर्धारण भएको छ । 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 113 पटक पढिएको
  • रिभर फल्स पावरले आइपीओ ल्याउँदै

    झापा /  रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ। सर्वसाधारणका लागि रिभर फल्सले २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर बिक्री गर्ने भएको हो । जसमध्ये कम्पनीले ५४ हजार ६०० कित्ता आफ्ना कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीका लागि छुट्टयाएको छ भने बाँकी २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।आइपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 116 पटक पढिएको
  • नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्ने दुई फर्मविरुद्ध मुद्दा दायर

    काठमाडौँ / राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 341 पटक पढिएको
  • विदेशमा रहेका नेपालीले पनि बचतपत्र खरिद गर्न पाउने राष्ट्र बैंकको नीति

    काठमाडौँ / दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्रको रुपमा रहेको नागरिक बचतपत्रमा स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि लगानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेकाले पनि नागरिक बचतपत्र खरिद गर्न पाउने भएका हुन् ।राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आइतबार (वैशाख १८) देखि आवेदन खुलाएको छ । राष्ट्र बैंकले चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदरसहित २२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरेको हो ।हाल वाणिज्य बैंकहरूले निक्षेपमा

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 163 पटक पढिएको
  • राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आज

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । वैशाख १९ गते सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरि १९ अर्ब १० करोड ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । यो ट्रेजरी बिल भने आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले २०८० वै

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.