काठमाडौं / नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । 

वैशाख १९ गते सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरि १९ अर्ब १० करोड ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । 

बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । यो ट्रेजरी बिल भने आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले २०८० वैशाख १९ गते परिवक्व हुने गरी ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्ने भएको छ । 

सो ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने भएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।