काठमाडौँ / नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै मंगलबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । मंगलबार पनि एक हजार २ सय ९० रुपैयाँ निर्धारण भएको छ ।