काठमाडौँ / दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्रको रुपमा रहेको नागरिक बचतपत्रमा स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि लगानी गर्न सक्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेकाले पनि नागरिक बचतपत्र खरिद गर्न पाउने भएका हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आइतबार (वैशाख १८) देखि आवेदन खुलाएको छ । राष्ट्र बैंकले चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदरसहित २२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरेको हो ।

हाल वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलब ०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । बचतपत्रको परिपक्वको अवधि २०८४ वैशाख १५ गतेसम्म रहेको छ ।

राष्ट्र बैंकले विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने सुविधाको व्यवस्था गरेको छ । 

नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणाली मार्फत पनि गर्न सकिने व्यवस्थाका कारण विदेशमा रहेका नेपालीलाई पनि सहज भएको हो ।