झापा /  रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ।

सर्वसाधारणका लागि रिभर फल्सले २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर बिक्री गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

जसमध्ये कम्पनीले ५४ हजार ६०० कित्ता आफ्ना कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीका लागि छुट्टयाएको छ भने बाँकी २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आइपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो।