काठमाडौं / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।