काठमाडौं / नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट कारोबार गर्दा कार्डको स्वीकृत सीमाको १० प्रतिशत मात्र नगद निस्कासन गर्न पाइने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ लाई संशोधन गर्दै कार्डबाट हुने कारोबारमा कडाइ गरेको हो ।

OM Sai Pathibhara Hospital

क्रेडिट कार्डमार्फत वलेटमा लोड गरिएको रकम वस्तु तथा सेवा विद्युतीय भुक्तानीका गर्दा मात्रै प्रयोग गर्नुपर्ने छ । 

उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ ।

विद्युतीय वलेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वलेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको छ ।