आर्थिक

    Showing 2,841-2,850 of 3,276 items.
  • ३५ वर्षका किशोर अर्बका मालिक : सुनखानीदेखि रियल स्टेटसम्म शङ्कास्पद लगानी

    काठमाडौँ / नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शङ्कास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ।प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन्।उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास गरेका थिए। सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रस्टका कर्मचारीहरूले एक आपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो।तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ ज

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 202 पटक पढिएको
  • कालो धन :बिश्वका यी नेता, जस्को छ ट्याक्स हेभन मुलुकमा लगानी

    बिर्तामोड / हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ।करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ुप्यान्डोरा पेपर्सु नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ।ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ।त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिए

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 126 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

    बिर्तामोड / भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आइओसीले निगमलाई अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले  निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमल

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 127 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार छ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ पुगेको र तेजाबी सुनको मूल्य आज ८९ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 107 पटक पढिएको
  • विद्युत प्राधिकरणले अरुण –४ आयोजना आफै निर्माण गर्ने

    बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले सङ्खुवासभामा मात्रै करिब चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ । प्राधिकरणले अरुण र उसका सहायक नदीमा गरी विभिन्न आठ वटा आयोजनाबाट चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो । प्रधिकरणले हालसालै ४९० मेगावटको अरुण –४ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने उक्त आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।विद्युत विकास विभागले एक वर्ष अघिनै अरुण –४ आयोजनाको क्षेत्र निर्धाणरण गरेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ।प्राधिकरणले संखुवासभामा १०६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावा

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 143 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । त्यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 150 पटक पढिएको
  • म्याद गुज्रेका सामान बेच्ने ६ व्यापारी कारबाहीमा

    सिराहा / म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारी कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारी कारबाहीमा परेका हुन् । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोसी नगरपालिका –१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्य

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 121 पटक पढिएको
  • अब सनराइज बैंकको पेरोल ऋण योजना अन्तर्गत बिना धितो १५ लाख सम्म ऋण पाइने

    काठमाडौं//सनराइज बैंक लिमिटेडले ‘पेरोल लोन’ सुविधा ल्याएको छ।विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइजले ‘पेरोल ऋण’ योजना ल्याएको हो।  सनराइज बैंकमा पेरोल सेभिङ खाता भएका ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सकिने बताइएको छ। कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ ।उक्त योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको र रु १० लाख सम्मको ट्रम लोन  गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बताइएको छ ।कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । त्यसै गरि सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर म

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 253 पटक पढिएको
  • ३४ लाखको कपडासहित ट्याक्टर नियन्त्रणमा

    विराटनगर / विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका –१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। भन्सारबाट जाँचपास गराएर निस्किएको ३४ लाख बराबरको कपडा बोकेको उक्त ट्याक्टरमा भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) मा गाडी नम्बर उल्लेख नभएको पाइएपछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टर र ३४ लाखको लत्ताकपडा अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पौडेलका अनु

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 538 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा