आर्थिक

    Showing 2,841-2,850 of 4,329 items.
  • पुँजीबजारमा देखियो मौद्रिक नीतिको प्रभाव, नेप्से दोस्रो सर्किट लागेर बन्द

    काठमाडौं–चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 322 पटक पढिएको
  • चालु आर्थिक वर्षको मौद्रिक नीति आज आउँदै

    काठमाडौं– सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केन्द्रीय बैंकको बोर्ड बैठक बस्नेछ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति आउँने अपेक्षा गरिएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएपनि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार बनेप

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 545 पटक पढिएको
  • नेप्से ३२ अंकले बढ्यो, कारोबार रकम घट्यो

    काठमाडौं-  धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो।बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ । 

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 266 पटक पढिएको
  • सुनको मूल्यमा आयो भारी गिरावट, कति पुग्यो ?

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको हो । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ हजारमा कारोबार भइरहेको छ । यस्तै, हिजो प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४४ हजार तीन सयमा किनबेच हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । आज चाँदीको मूल्य एक हजार सात सय ५० निर्धारण भएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 467 पटक पढिएको
  • सार्वजनिक हुँदै मौद्रिक नीति

    काठमाडौं–चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने भएको छ । नेपाल राष्ट्र बैंकलेले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने जानकारी दिएको हो ।अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिए पनि आएन । अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउँछ भनेर सबैतिरबाट चासो छ । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले पनि मौद्रिक नीतिलाई चासोका साथ लिएका छन् ।समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्र

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 578 पटक पढिएको
  • भारतमा बजेटपछि सुनको मूल्य झण्डै ४ हजार घट्यो

    काठमाडौँ- भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गर्दा बहुमूल्य खनिजको आयात शुल्क १५ बाट ६ प्रतिशतमा झारेको घोषणा गरेकी थिइन्।यसपछि भारतीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। बजेट प्रस्तुत भएसँगै स्थानीय बजारमा सुनको भाउ झन्डै ४ हजार रुपैयाँ घटेको मल्टी कमोडिटी एक्सचेन्जले जनाएको छ।आयात शुल्क घटाउँदा यस्ता बहुमूल्य धातुको आयात बढ्ने र मूल्य घट्ने बजार व्यवसायी बताउँछन्। फलस्वरूप, आन्तरिक बजारमा गहनाको माग बढ्न सक्छ।बुधबार सुनको भाउ प्रति १० ग्राम ७२ हजार ८ सय ३८ रुपैयाँबाट झण्डै ४ हजार रुपैयाँ घटेर ६८ हजार ७ सय ५१ रुपैयाँ पुगेको बीबीसी हिन्दीले जनाएको छ। 

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 390 पटक पढिएको
  • भारतीय बजेट : नेपाललाई सवा ११ अर्ब सहयोग

    नयाँ दिल्ली- भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि मंगलबार नयाँ बजेट पेश गरेकी छिन्। उनले यो वर्षका लागि ३२० खर्ब ७० अर्ब (३ नील २० खर्ब ७० अर्ब) भारतीय रुपैयाँको बजेट घोषणा गरेकी हुन्।बजेटमा भारतीय अर्थमन्त्री सीतारमणले नेपाललाई ७ अर्ब भारु (११ अर्ब २० करोड नेरु) रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन्। उक्त अनुदान गत फेब्रुअरीमा तोकिएकै बराबर रहेको छ।हाल भारतलाई नेपालमा २० करोड नेरुसम्मको परियोजनामा सहयोग गर्न स्वीकृति चाहिँदैन। आर्थिक वर्ष २०२३/०२४ मा ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो। आव २०२२/०२३ मा भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको हो।भारतले सबैभन्दा

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 314 पटक पढिएको
  • तेस्रो कार्यकालको पहिलो बजेट ल्याउँदै मोदी सरकार

    काठमाडौं–भारतमा संसदको मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार अर्थमन्त्री सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।आर्थिक सर्वेक्षणमा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) २०२४/२०२५ मा करिब सात प्रतिशतको दरले बढ्ने अनुमान छ । यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशत पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकार आएको र तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्ने बताए

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 522 पटक पढिएको
  • विदेशी मुद्राको विनिमय दररेट कायम, कुन देशको कति पुग्यो ?

    काठमाडौं–आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दररेट तोकेको छ । दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसामा भइरहेको छ । युरो पनि एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसाकायम गरिएको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ । बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । एक सय भारतीय रुपैयाँको खरिददर १६० रहेको छ भने बिक्रिदर मूल्य १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 432 पटक पढिएको
  • घट्यो कुखुराको मासुको भाउ

    काठमाडौँ- साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ। आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए। 'साउनमा धेरै जसोले मासु खाँदैनन्। बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,' उनले भने, 'त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।' अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ। मूल्य घटेसँगै ज्य

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.