अपराध

    Showing 971-980 of 1,396 items.
  • अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

    जनकपुर— जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 438 पटक पढिएको
  • अवैध सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

    रौतहट— सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई  नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री,  र किचेनका समान बरामद

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 299 पटक पढिएको
  • ब्यूरोको असई भन्दै ठगी गर्ने युवक पक्राउ परे

    काठमाडौं— ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई कैलालीको अस्थायी प्रहरी पोस्ट बसपार्कबाट शनिबार पक्राउ गरेको हो ।धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 276 पटक पढिएको
  • इजरायली आक्रमणमा जब एक चिकित्सकले नौ सन्तान गुमाइन्

    गाजा— गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान गुमाएकी छन्। खान युनिसमा रहेको अस्पतालमा कार्यरत डा. अला अल नजारले १० मध्ये नौ छोराछोरी गुमाएकी हुन्। बाँकी एक सन्तान र उनका श्रीमान् पनि घाइते छन्।उनको बचेका ११ वर्षीय छोराको शल्यक्रिया गरेका चिकित्सक ग्रेयम ग्रमले वर्षौसम्म बाल रोग विशेषज्ञको रूपमा अन्य धेरैका छोराछोरीको ज्यान बचाउन सक्रिय उनको जीवनमा यो सबै भन्दा ठुलो बज्रपात भएको बताएका छन्।इजरायलले भने बारम्बार शङ्कास्पद व्यक्तिलाई लक्षित प्रहार गरेको तथा कतै पनि संलग्न नहरेका सर्व साधारणलाई केही पनि नगरिएको दाबी गरेको छ।इजरायली डिफेन्स फोर्स आइडिएफले उनीहरूमाथि आक्रमण गर्ने योज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 200 पटक पढिएको
  • सुनसरीमा गोली चल्यो, १ जना घाइते

    सुनसरी  ।  सुनसरीको बराहक्षेत्रमा शनिबार बेलुका गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए ।त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 215 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी बस्ने ४४ वर्षीय सुदीप अर्याललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 186 पटक पढिएको
  • अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका९१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् । पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 299 पटक पढिएको
  • १० महिनामा १५ हजारभन्दा बढी साइबर अपराधको उजुरी

    काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन्।प्रवक्ताका अनुसार, ब्यूरोमा परेका उजुरीमध्ये २३९ वटा मुद्दा अदालतमा पेश गरिएको छ, बाँकीमा अनुसन्धान जारी छ।कतिपय उजुरीहरू मिलपत्रमा टुंगिएको पनि बताइएको छ।काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा थापाले भने( ‘हामिकहाँ आएका उजुरीमाथि अनुसन्धान गरेर २३९

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 297 पटक पढिएको
  • झापाका विभिन्न स्थानबाट एक वर्षमा दश करोड भन्दा बढीको भन्सार छलीका सामान बरामद

    झापा— झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिसकिएको उनले बताए ।‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 231 पटक पढिएको
  • उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर— उदयपुरमा यौन धन्दा सञ्चालन गर्ने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो।उनले गएको वैशाख १६ गते जाहेरवाला ९सांकेतिक नाम गाईघाट ८४ (क र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७० स्थायी घर झापा कन्काई नगरपालिका–४ भएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 233 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा