अपराध

    Showing 851-860 of 2,116 items.
  • सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 271 पटक पढिएको
  • बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचारः ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा.नम्बर ६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोपमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रा

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 268 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ । सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल  फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 399 पटक पढिएको
  • प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

    काठमाडौं— भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ ।१७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पे

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 467 पटक पढिएको
  • सिमरामा एमाले र जेन–जी युवाबीच तीव्र झडपपछि कफ्र्यू जारी

    बारा— बाराको सिमरा क्षेत्रमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच विवाद चर्किँदै झडपसम्म पुगेको घटनापछि वातावरण तनावपूर्ण बनेको छ।युवाहरूको जथाभावी भीड तथा विरोधका बीच सिमरा विमानस्थल परिसर अत्यधिक संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रदर्शनमा सहभागी जेन–जी समूहका युवाले विमानस्थलको मुख्य गेट समेत भत्काइदिएका थिए, जसपछि सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको हो।बुधबार परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा हुँदै जाँदै थिए। कार्यक्रमबारे जानकारी पाएपछि केही स्थान

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 601 पटक पढिएको
  • सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह पक्राउ

    सर्लाही—  जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर क्रमशः चोरी हुँदै आएपछि प्रहरीको विशेष अभियानमार्फत संलग्न समूहका ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रमा हालसम्म १७ वटा ट्रान्सफर्मर चोरी गरिएका थिए।‘अप्रेसन चार्ली’ नामक विशेष अभियान सञ्चालन गरी महोत्तरी, बारा, पर्सालगायत स्थानबाट उनीहरूलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले जानकारी दिए।पक्

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 331 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई पक्राउबारे आयोगः अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीत

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 444 पटक पढिएको
  • रामेछापमा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया महिलाको हत्या भएको छ ।गएराति धारिलो हतियार प्रहार गरी स्थानीय भिमा लक्ष्मी खड्काको  हत्या गरिएको हो । आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले उनको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।सोमबार राति करिब साढे १० बजे घटना भएकोमा साढे १२ बजे तिर मात्र प्रहरीलाई जानकारी आएको थियो । सूचना प्राप्त भएपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको र जिल्ला प्रहरी कार्यालयको टोली मंगलबार बिहान घटनास्थल पुगेको र आवश्यक मुचुल्का सङ्कलन गरेको प्रहरी निरीक्षक राजन प्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 385 पटक पढिएको
  • दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

    काठमाडौं— विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ ।सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारक

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 371 पटक पढिएको
  • हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ

    मकवानपुर— मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।सोमबार साँझ करिब ८ बजेतिर पैदल हिँडिरहेका क्षेत्रीलाई शंकाका आधारमा रोकी चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित तौल) खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो। प्रहरीका अनुसार बरामद पदार्थ प्रारम्भिक रूपमा लागुऔषधकै श्रेणीमा पर्न सक्ने ठहर गरिएको छ।प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएपछि थप

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 313 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.