अपराध

    Showing 831-840 of 2,232 items.
  • ‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

    वीरगञ्ज (पर्सा)। एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७  अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् । 

    • प्रकाशित मितिः पुस २, २०८२
    • 371 पटक पढिएको
  • इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

    एजेन्सी— गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पक्राउ गरेको जनाइएको छ ।जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहन्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रहरूसँगको विभाजन पर्खाल माथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखाना भित्र लुकेका २५ जना अवैध बासिन्दाहरूलाई पक्राउ गरेको थियो ।यसै गर

    • प्रकाशित मितिः पुस १, २०८२
    • 554 पटक पढिएको
  • २२ लाख रुपैयाँभन्दा बढीको अवैध चिनियाँ सामानसहित व्यापारी पक्राउ

    काठमाडौं— बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र बिना ल्याइएका चिनियाँ सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रबाट एक व्यापारीलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक मनिष थापाका अनुसार बाह्रबिसे नगरपालिका–४ बाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने व्यक्ति बाह्रबिसे नगरपालिका–६ का शिवलाल तामाङ रहेका छन्।तातोपानीबाट खाडीचौरतर्फ जाँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा लामोसाँघुस्थित सशस्त्र प्रहरी बलको सुरक्षा टोलीले गाडी जाँच गरेको थियो। जाँचका क्रममा सामानसँग सम्बन्धित बिल

    • प्रकाशित मितिः पुस १, २०८२
    • 532 पटक पढिएको
  • सर्लाहीमा गाँजासहित एक जना पक्राउ

    सर्लाही— सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार १ किलो ८०० ग्राम गाँजा बरामद भए

    • प्रकाशित मितिः पुस १, २०८२
    • 441 पटक पढिएको
  • सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

    राँझा। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो ।भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो ।शान्ति पुनःस्थापना केन

    • प्रकाशित मितिः पुस १, २०८२
    • 362 पटक पढिएको
  • लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

    काठमाडौँ। प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “काठमाडौँ कुलेश्वरमा लागुऔष

    • प्रकाशित मितिः पुस १, २०८२
    • 338 पटक पढिएको
  • सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ

    सर्लाही— सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन् ।जिल्लाको लालबन्दी नगरपालिका – ५ डाँडा टोलबाट प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार गएसाँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागुऔषध लुकाइछिपाइ राखिएको आशंकामा खोजतलासी गरेको थियो ।लालबन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुइँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।प्रारम्भिक परीक्षणक

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 456 पटक पढिएको
  • डल्लुस्थित डेरामा जुवातास खेल्दै गर्दा ६ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रौतहट राजपुर नगरपालिका–४ निवासी २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार रौतहट वृन्दाबन नगरपालिका–६ स्थायी घर भएका २८ वर्षीय शेख नाजिरले डेरा गरी बस्दै आएको कोठाबाट उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिइएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 457 पटक पढिएको
  • नाबालिकामाथि बलात्कारको आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

    झापा— जिल्लामा १३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ डुडामारी निवासी ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे रहेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।घटनासम्बन्धी उजुरी दर्ता भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी राखेको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 506 पटक पढिएको
  • निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ ।२०८० कार्तिक १ गतेदेखि सुरु गरिएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा बोर्डर एरिया डेभलपमेन्ट प्रोगाममार्फत सीमा क्षेत्रमा सहकार्य, विकास र अपराध नियन्त्रणका विविध कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।६३८ ठाउँमा धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो–पैनीको सरसफाइ तथा स्तरोन्नति, ६० स्थानमा यात्रु प्रतिक्षालय, धारा–ट्याङ्की, सार्वजनिक शौचालय तथा घर मर्मत, २५ प्रकारका सीपमूलक तालिम, १७ जिल्लामा, १७१ लाभग्राही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 562 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.