अपराध

    Showing 751-760 of 2,232 items.
  • गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर

    हेटौँडा— मकवानपुरका दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा एकातर्फ प्रहरीले ३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट गरिरहेको छ भने अर्कोतर्फ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका सार्वजनिक अभिव्यक्तिले प्रदेश सरकारकै नीति, प्रशासन र कानुनमाथि गम्भीर प्रश्न उठाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष अभियान सञ्चालन गर्दै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न वडामा लगाइएको २१ बिघा गाँजा र ९ बिघा अफिमखेती फडानी गरी नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार राक्सिराङ–१, ६, ७, ८ तथा कैलाश–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थान

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 484 पटक पढिएको
  • कटारीमा भरूवा बन्दुकसहित एक जना पक्राउ

    उदयपुर— उदयपुरको कटारी नगरपालिका–६ आपटार क्षेत्रबाट प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लामीदुवाली निवासी कृष्णबहादुर मगर रहेका छन्।प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले बिहीबार दिउँसो मगरलाई भरूवा बन्दुक एक थानसहित नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 530 पटक पढिएको
  • प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

    हेटौँडा— मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 532 पटक पढिएको
  • तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

    हेटौंडा— मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् ।प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 566 पटक पढिएको
  • बाजुरामा बालविवाह मुद्धामा फरार र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति पक्राउ

    बाजुरा— बाजुरामा बालविवाह मुद्धामा फरार युवक सहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बालविवाह मुद्धामा फरार रहेका जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका ३४ बर्षिय हर्क बहादुर बडुवाल रहेका छन् ।वडुवाल ९ बर्षपछि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत बाजुराले २०७३ चैत्रमा बालविवाह मुद्धामा दोषी ठहर गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।जिल्ला अदालतले बडुवाललाई उक्त मुद्धामा ५ महिना ७ दि

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 516 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 600 पटक पढिएको
  • सुनसरी लौकही घटनाबारे ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

    सुनसरी— सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाइएको छ । आक्रोशित स्थानीले आन्दोलन भने जारी राखेका छन् ।जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक सिडिओको संयोजकत्वमा प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी समिति बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।यसैगरी मृतककी श्रीमती र छोरालाई रोजगारी दिलाउने सहमति भएको छ । एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरी प्रशासनले जनाएको छ ।सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतकका आफन्त र स्थानीयले

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 555 पटक पढिएको
  • नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

    काठमाडौं— ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ । उनले भने, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 564 पटक पढिएको
  • जेनजी आन्दोलन छानबिनस् तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र पठाउने तयारी

    काठमाडौं— भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् ।यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 524 पटक पढिएको
  • नक्कली नोटसहित गोकर्णेश्वरबाट ६ जना पक्राउ

    काठमाडौं— काठमाडौँको गोकर्णेश्वर क्षेत्रबाट नेपाल प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा रहेका छन्।उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.