उदयपुर— उदयपुरको कटारी नगरपालिका–६ आपटार क्षेत्रबाट प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लामीदुवाली निवासी कृष्णबहादुर मगर रहेका छन्।
प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले बिहीबार दिउँसो मगरलाई भरूवा बन्दुक एक थानसहित नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































