अपराध

    Showing 741-750 of 2,116 items.
  • सहकारी ठगीको आरोप लागेका रवि र छविलालको मुद्धा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौं— सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पेशी आज पनि स्थगित भएको छ ।न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको बताइएको छ ।बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 466 पटक पढिएको
  • नयाँ बसपार्कमा यात्रु दुःखदिने ४६ जना पक्राउ

    काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्‍याउने ४६ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 438 पटक पढिएको
  • चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर परे पक्राउ

    दाङ— बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरीलाई पक्राउ गरिएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई हुन्।महावीरलाई कैलालीको पैलारी गाउँपालिका–५ बाट आज बिहान करिब ३ बजे नियन्त्रणमा लिइएको बर्दिया प्रहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद गरेको उनको भनाइ छ।मंसिर १९ गते बिहानै बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई महावीरले गोली हानेर हत्या गरेको आरोप छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 510 पटक पढिएको
  • रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका  न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले र

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 461 पटक पढिएको
  • ओली–लेखक आयोगमा उपस्थित नभएपछि ‘पक्राउ गरी उपस्थित गराउने’ तयारी

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पटक–पटक बोलाए पनि उपस्थित नभएपछि पक्राउ गरेर उपस्थित गराउने तयारी थालेको जनाएको छ।आयोगको म्याद सकिन दुई साता मात्रै बाँकी रहेका बेला शीर्ष राजनीतिक तथा सुरक्षा निकायका अधिकारीहरूको बयान प्रक्रिया अधुरै रहेको छ। आयोगका अनुसार ओलीले आयोगलाई असंवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि, प्रहरीलाई परिचालन गरी उनीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले बताएको छ।उता, अन्य अधिकारीहरूको बयान संकलनको काम तीव्र रू

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 553 पटक पढिएको
  • बर्दियामा साढे ४ क्विन्टल अवैध टिमुरसहित ट्रक चालक पक्राउ

    बर्दिया— बर्दियाको बाँसगढीबाट प्रहरीले ठूलो परिमाणको अवैध टिमुर बरामद गरेको छ। प्रहरीले ४ क्विन्टल ६२ किलो अवैध टिमुरसहित ट्रक चालक तेजबहादुर जाग्रीलाई पक्राउ गरेको हो।उक्त टिमुर बाजुराबाट नेपालगञ्जतर्फ बिना अनुमति ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गरिएको टिमुरलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 511 पटक पढिएको
  • डीएसपी मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ

    काठमाडौं— बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।जेठी श्रीमतीको जाहेरीको आधारमा पक्राउ परेका नेपाललाई थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेलगत्तै सेवाबाट निलम्बनमा परेका उनको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 451 पटक पढिएको
  • दैलेखमा चिर्पट प्रहारबाट बुवाको मृत्यु, छोरी पक्राउ

    दैलेख— जिल्लाको नौमुले गाउँपालिका–५, गजमालीमा बुवामाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्।पक्राउ परेकी २७ वर्षीया तिर्सना रामजाली मगरले आफ्ना ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरलाई काठको चिर्पटले प्रहार गरेको आशंकामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नौमुलेबाट पुगेको टोलीले तिर्सनालाई पक्राउ गरेको बताइएको छ। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 464 पटक पढिएको
  • नवलपरासीमा बसले ठक्कर दिएपछि वृद्धाको मृत्यु

    काठमाडौं— नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा गएराति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।लु १ ख ७०१९ नम्बरको बसले स्थानीय ६० वर्षीया सुमित्रा चमारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी चमारलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही–रुपन्देही लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 500 पटक पढिएको
  • रफाहको मावासीमा इजरायली गोली लागेर प्यालेस्टिनी बालिकाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाहस्थित मावासी क्षेत्रमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी बालिकाको मृत्यु भएको छ। एम्बुलेन्स तथा आपतकालीन सेवाका अनुसार बालिकाको मृत्यु सेनाको तैनाथी क्षेत्र बाहिरै भएको हो।यसैबीच, इजरायल रक्षा बल (आइडीएफ) ले दक्षिणी गाजामा रहेका सैनिकहरू नजिक “पहेंलो रेखा” पार गर्दै तत्काल खतरा उत्पन्न गरेको एक आतंकवादीलाई पहिचान गरी हटाइएको दाबी गरेको छ। आइडीएफको भनाइ र स्थानीय स्रोतहरूको विवरणमा फरक देखिए पनि घटनाले गाजामा जारी तनाव थप गम्भीर बनेको संकेत गर्छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.