अपराध

    Showing 631-640 of 2,232 items.
  • झापामा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध

    भद्रपुर  ।  झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित कन्काई पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।राजमार्गअन्तर्गत पर्ने पुलको बीच भागमा अज्ञात समूहले शंकास्पद वस्तु राखेको अवस्थामा फेला परेको हो। वस्तु कागजले बेरिएको अवस्थामा रहेको र बाहिरपट्टि “नेपाल बन्द होशियार” भन्ने नारा लेखिएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।शंकास्पद वस्तु देखिएपछि सुरक्षाका लागि प्रहरीले तत्काल उक्त क्षेत्र खाली गराएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुल आसपासको क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जसका कारण पूर्व र पश्चिमतर्फ गन्तव्यतर्फ ह

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • 644 पटक पढिएको
  • रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 428 पटक पढिएको
  • मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा

    रौतहट— सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंग

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 461 पटक पढिएको
  • सर्लाहीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

    सर्लाही— सर्लाहीमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ।जिल्लाको गोडैता नगरपालिका– ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ।

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 440 पटक पढिएको
  • सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, मुख्य अभियुक्त रुन्चे मदन फरार

    वीरगञ्ज— वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं.१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु मह

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 412 पटक पढिएको
  • वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरब महतले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताउनुभयो ।मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लु

    • प्रकाशित मितिः फागुन १, २०८२
    • 270 पटक पढिएको
  • इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । लु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले राससलाई बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 307 पटक पढिएको
  • वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

    रौतहट –  वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ ।सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि वि

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 297 पटक पढिएको
  • सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ

    रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो।पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चि

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 191 पटक पढिएको
  • २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

    हेटौंडा । मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।यही माघ महिनाको २३ गते दिउँसो करिब १ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभरयाङस्थित सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आएका राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई शंका लागी रोकी रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो फेला परेको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.